Thursday, July 23, 2026
Zenith Migration Education
Thursday, July 23, 2026

नेपाल फेस्टिभल २०२४ मा NAYA को प्रभावशाली उपस्थिति

Zenith Migration Education

सिडनी- २०१३ मा स्थापना भएको नेपालिज अष्ट्रेलियन युथ एसोसिएसन (NAYA) ले अष्ट्रेलियामा नेपाली समुदायको सेवामा निरन्तर योगदान दिँदै आएको छ।यसै क्रममा,गत २३नोभेम्बरमा एनआरएनए अष्ट्रेलिया द्वारा आयोजित नेपाल फेस्टिभल २०२४ मा (NAYA)को सक्रियता झल्कियो।

फेस्टिभलमा (NAYA)का सदस्यहरूले स्वयंसेवक परिचालन गरेर कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेले। फण्डरेजिंगका लागि राखिएको फूड स्टलबाट संकलित रकम आगामी दिनमा सामाजिक सेवा र सामुदायिक विकासका क्षेत्रमा लगानी गरिने जानकारी अध्यक्ष विपिन थापा ले दिए। उनले भने, हामी नेपाली समुदायका लागि सकारात्मक र सिर्जनात्मक कार्यमा संलग्न हुन सधैं तत्पर छौं।

(NAYA)का महासचिव सुमन श्रेष्ठ ले भने,नेपाल फेस्टिभलजस्ता महत्त्वपूर्ण कार्यक्रममा सहभागिताले हाम्रो संगठनलाई थप मजबुत बनाएको छ।

NAYA)ले नेपाल फेस्टिभलबाहेक आफ्नो विशिष्ट पहिचान बनाएका कार्यक्रमहरू, जस्तै क्रुज पार्टी, रक्तदान अभियान, र मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभियान पनि यस वर्ष थप प्रभावकारी बनाउँदै लैजाने योजना बनाएको छ। यी कार्यक्रमहरूले नेपाली समुदायलाई सेवा र सहयोगको माध्यमबाट एकजुट गर्न योगदान पुर्‍याउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु