Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी

Zenith Migration Education

काठमाडौं- विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित हासिल गरेको छ। सुरुवाती दुई खेलमा हार भोगेपछि मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै कर्णालीले तेस्रो जित दर्ता गरेको हो।

५ खेलमा ३ जितसँगै कर्णाली ६ अंक जोडेर चौथो स्थानमा छ। यस जितसँगै कर्णालीको प्लेअफमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ। सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि ६ अंक भएपनि कर्णाली नेट रन रेटमा पछि छ। पोखराको यो तेस्रो हार हो र चार खेलमा २ अंक मात्र छ। पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। कर्णालीका लागि गुल्सन झाले ३७ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए। चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्का हिट गर्दै ४२ रन योगदान गरे।

१४ रनमै २ विकेट गुमाएपछि वाल्टन र गुल्सनले ६० रनको साझेदारी गरेका थिए। विलियम बोसिस्टो २ रनमा अविजित रहे। ओपनिङमा आएका बाबर हायत ७ रनमा आउट भए भने खेव खनाल खाता खोल्न सकेनन्। बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए।

त्यसअघि कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको थियो। विलियम बोसिस्टोले एक्लैले ६ विकेट लिएपछि पोखरा अलआउट भएको थियो। उनले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका थिए।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एक-एक विकेट लिएका थिए। पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले १०/१० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु