Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

प्रधानमन्त्री ओलीले भने, ‘मेरो बद्नामी गर्न कम्बोडियामा पैसा राखेको भन्ने झुटो भ्रम फैलाइएको हो’

Zenith Migration Education

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भन्ने झूठा आरोप फैलाइएको बताएका छन्। सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले ४/५ वर्षअघि कम्बोडियामा आफ्नो ३२.५ अर्ब रुपैयाँ रहेको भन्ने भ्रम फैलाइएको कुरा बताएका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंलाई लक्षित गर्दै नक्कली आरोप लगाएर आफूलाई बदनाम गर्ने प्रयास गरिएको आरोप लगाए।

उनले नक्कली आरोप बनाउन एक करोड ११ लाख रुपैयाँ खर्च गरेको कुरा प्रसाईंले आफूले नै स्वीकारेको बताए। प्रधानमन्त्री ओलीले भने, “तिनीहरूलाई समातेर प्रमाण माग्दा भनेका छन् कि त्यो कुरा म बद्नाम गर्नका लागि भनेको हुँ, त्यसको सत्यता छैन।” उनले आफू साँचो र इमान्दारीमा अडिग रहेको उल्लेख गर्दै भित्रबाट नै इमान्दार अभ्यास गर्नुपर्ने कुरा व्यक्त गरे।

ओलीले भने, “४/५ वर्षदेखि कम्बोडियामा मेरो ३२.५ अर्ब रुपैयाँ छ भन्ने हल्ला फैलाइएको छ। अहिले भने त्यस्तो नक्कली प्रमाणसमेत निकालिएको छ, जसको लागि एक करोड ११ लाख रुपैयाँ खर्च गरिएको स्वीकार गरिएको छ। यस्ता खालका झूटो फैलाउनेहरू पनि देखिन्छन्। त्यस्तो हल्ला फैलाउनेलाई समातेर प्रमाण माग्दा भने, ‘नभन्नुहोस्, यो त म केपी ओलीलाई बद्नाम गर्नका लागि भनेको हुँ’ भन्न थाल्छन्। हामी भने सत्यमा अडिग छौं। इमान्दारिता बाहिरबाट थोपरेर होइन, भित्रबाट आउनुपर्छ।”

प्रधानमन्त्री ओलीले भने, “अब कुनै व्यक्तिलाई अनैतिक ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैति बन्ने छैन।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु