Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

अष्ट्रेलियामा ११५ औं लक्ष्मी जयन्तीका अवसरमा कविता, गजल वाचन तथा देउसी-भैलो कार्यक्रम सम्पन्न

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS), अष्ट्रेलियाको आयोजनामा गत शनिवार एनआरएनएको सभा हलमा ११५ औं लक्ष्मी जयन्तीको अवसरमा विशेष कविता र गजल वाचन कार्यक्रम, पुस्तक विमोचन, तथा देउसी-भैलो कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डा. प्रकाश पौडेलले गर्नुभएको थियो भने सल्लाहकार प्रो. डा. राजु मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। महासचिव भावना पराजुली वास्ताकोटी र जनसम्पर्क प्रमुख मुक्तिराम पोखरेलद्वारा दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रममा नेपाली साहित्यिक क्षेत्रका विभिन्न श्रष्टाहरुले कविता तथा गजल प्रस्तुत गर्नुभयो। सहभागी श्रष्टाहरुमा प्रा. उमेश उपाध्याय, डा. मधु पुडासैनी, शिव बहादुर श्रेष्ठ, बालकृष्ण बस्याल, राम कोईराला, आशिष भेटवाल, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली, मुक्तिराम पोखरेल, जेनिसा गौतम, नेत्रप्रसाद पौडेल, सिमा रोशी, मानस बोहोरा, र कृष्णप्रसाद भट्टराई प्रमुख थिए।

कार्यक्रमका विशेष अतिथिहरुमा लेखनाथ बास्तोला, नवीन खरेल र बाल साहित्यकार आयाम घिमिरेले कविता प्रस्तुत गर्नु भयो भने रेभा शाहले सरंगी बजाएर सांस्कृतिक प्रस्तुति दिनुभयो। कार्यक्रममा एनआरएनए अष्ट्रेलिया र फेन्का अष्ट्रेलियाको सहकार्य रहेको थियो भने आरएफएमका प्रोप्राइटर रन्जित शाहा र भावना श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग पु-याउनुभएको थियो।एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलले कविहरू प्र तिनका लेख तथा प्रतिभालाई। सधै सम्मान रहेको बताउदै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया परिवार लाई धन्यवाद ज्ञापन गरेका थिए

Anil Pokhrel

कार्यक्रमका मुख्य आकर्षण मध्ये कवि शिव बहादुर श्रेष्ठद्वारा लिखित पुस्तक ‘उपहार’ को विमोचन रहेको थियो। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. भुसाल, प्रा. उमेश उपाध्याय, र समाजका अध्यक्ष डा. प्रकाश पौडेल नारीनिकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक संगिता चापागाईं लगाएत का अतिथीहरूले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गर्नुभयो। कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरुमा,पण्डित नारायण शास्त्री, पनि थिए। यस विशेष अवसरमा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति INLS परिवारले आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु