सिड्नीका दुई तेक्वान्दो विद्यालय, वारियर्स तेक्वान्दो र न्युगेन तेक्वान्दोले २०२४ हैडोङ गुम्दो र मुलिम्पिया च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन्। प्रतियोगितामा ‘स्पीड किकिङ’ विधामा करण बहादुर चन्दले स्वर्ण पदक जित्न सफल भए भने ३० वर्षभन्दा माथिको उमेर समूहमा ‘बोर्ड ब्रेकिङ’ र ‘स्पीड किकिङ’ दुवै विधामा प्रविन थापाले स्वर्ण जिते।

टोलीको नेतृत्व प्रशिक्षक प्रकाश क्षेत्रीले गरेका थिए, जसले दुबै विद्यालयका खेलाडीलाई मार्गदर्शन र प्रेरणा प्रदान गरेका थिए। यो विजय सिड्नीमा रहेका नेपाली तेक्वान्दो खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल हो।








