Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि ऐन संशोधनको प्रतिबद्धता: गृहमन्त्री रमेश लेखक

Zenith Migration Education

काठमाणडौं-गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आवश्यक ऐन संशोधन गर्ने प्रतिबद्धता गृहमन्त्री रमेश लेखकले व्यक्त गरेका छन्। हालै एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले विदेशमा रहेका नेपालीहरूको पहिचान र अधिकार सुनिश्चित गर्न नागरिकता ऐनमा तत्कालै आवश्यक परिमार्जन गर्न सरकार तयार रहेको बताए।

गैरआवासीय नेपालीहरूलाई नागरिकता प्रदान गर्ने विषय विगत केही वर्षदेखि बहसको केन्द्रमा रहँदै आएको छ। लेखकले भने, “विदेशमा रहेका नेपालीहरू हाम्रो देशको अमूल्य सम्पत्ति हुन्। तिनको योगदानलाई सम्मान गर्दै उनीहरूलाई नागरिकता दिने प्रक्रिया सहज बनाउन ऐन संशोधनको प्रक्रिया अघि बढाइनेछ।”

नेपाल सरकारद्वारा संविधान संशोधनका लागि छलफल चलिरहे पनि, गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न अझै ठोस कदम चालिन बाँकी रहेको विश्लेषकहरूको धारणा छ।

गृहमन्त्री लेखकका अनुसार, यस ऐन संशोधनले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपालीहरूको योगदानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु