Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

रास्वपाका मन्त्रीहरूलाई लक्षित गर्दै बर्तौलाले सोधे: “गोजीमा राखेको राजीनामा कहाँ हरायो?

Zenith Migration Education

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूको गोजीमा रहेको राजीनामा के भयो भनी प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बर्तौलाले सरकार बहुमतमा हुँदा राजीनामा बोकेर हिँड्ने मन्त्रीहरूले अहिले सरकार अल्पमतमा हुँदा किन राजीनामा नदिएको भन्दै आलोचना गरे।

बर्तौलाले मन्त्रीहरूलाई चुनौती दिँदै भने, “तपाईंहरूले पदमा रहुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्।” उनले थपे, “प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसीन हुनुहुन्छ। केही मन्त्रीज्यूहरू गोजीमा राजीनामा बोकेर हिँड्नुहुन्थ्यो जब सरकार बहुमतमा थियो। तर, अहिले सरकार अल्पमतमा परेका बेला ती राजीनामा कहाँ पुगे?”

उनले दलहरूले राजीनामा दिने निर्णय गरिसकेपछि पनि प्रधानमन्त्रीले कुनै कुरा कानमा सुनाएपछि ती राजीनामा खुत्रुकेमा राखिएको व्यंग्य गरे। बर्तौलाले भने, “प्रधानमन्त्रीले केही कुरा भनिदिनुभयो र राजीनामा खुत्रुकेमा राखेर मन्त्रीहरू फर्किनुभयो। मन्त्रीको जिम्मेवारीमा बस्दै हुनुहुन्छ भने, कुन फाइल कसरी खोल्नुपर्ने हो, यो सदनमा हामी माग गर्छौं, खोल्नुस्।”

बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई तोडमोड गरिरहेको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु