Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

एआईजी सिफारिस भएका पोखरेल डीआईजीमै अवकाश

Zenith Migration Education

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमै सेवा निवृत्त भएका छन्। उनी शुक्रबार राति १२ बजेबाट अवकाशमा जाँदैछन्।

मन्त्रिपरिषदले बढुवा निर्णय नगरेको कारणले पोखरेलले दुई दिन एआईजी पदमा रहने अवसर गुमाए।

१० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी पदका लागि सिफारिस गरेको थियो।

१८ असारमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका एआईजी उमेशराज जोशीको ठाउँमा पोखरेललाई बढुवा सिफारिस गरिएको थियो।

यदि सिफारिसअनुसार बढुवा भएको भए पोखरेल १९ र २० गते एआईजी हुने थिए। तर, यसबीच सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेससँगको सहकार्यको सहमति तोडेर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मन्त्रिपरिषदले पोखरेलको बढुवा निर्णय नगरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका पोखरेललाई कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ।

उमेरहदका कारण सेवा अवधि बाँकी भए तापनि पोखरेल अनिवार्य अवकाशमा गएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु