Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

राप्रपाका वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेको भैरहवा भ्रमण: विमानस्थल संचालन र संगठन विस्तारमा छलफल

Zenith Migration Education

भैरहवा : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्वमन्त्री बिक्रम पाण्डे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चाँडोभन्दा चाँडो संचालनमा ल्याउनका लागि संसदिय टोलीका साथ भैरहवा आउनुभएको थियो। सोही अवसरमा राप्रपा रुपन्देहीले स्वागत कार्यक्रम आयोजना गरेको थियो। भेटघाटको क्रममा समग्र राजनीतिक पार्टीको संगठन विस्तारको बारेमा छलफल भएको थियो।

उक्त कार्यक्रममा जिल्ला अध्यक्ष तथा पूर्वमेयर सागर प्रताप राणा, सहायक महामन्त्री ताहिर अली, माननिय आशिस कुमार चौधरी, केन्द्रीय सदस्य मात्रिका प्रसाद यादव, जिल्ला कोषाध्यक्ष राजेश ढकाल, जिल्ला सहसचिव शंकर खत्री, जिल्ला सदस्य भोला यादव, नारायण प्रसाद उपाध्याय, लक्ष्मण पन्थी, तुफेल पठान, रिता थापा, विरेंद्र कुमार धवाल, नाजिर अली, राप्रमस जिल्ला कोषाध्यक्ष अप्सरा शाही, जिल्ला सदस्य बविता भट्टराई लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु