Wednesday, March 18, 2026
Zenith Migration Education
Wednesday, March 18, 2026

इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू

Zenith Migration Education

काठमाडौँ : ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरू भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् ।

त्यसअवसरमा उहाँले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताउनुभयो । “खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन्”, उहाँले भन्नुभयो, “यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन ।” उहाँले महिलाको स्वतन्त्रताको प्रतीकका रुपमा माछाको आकृति बढी चित्रमा उतार्नुभएको छ । ‘एमक्यु ग्यालरी’ का प्रमुख मनिषलाल श्रेष्ठले विदेशी एवम् स्वदेशी कलाकारलाई प्रत्यक महिना कला सिर्जना गराउँदै आएको र यहीक्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिनुभयो । प्रदर्शनीमा राखिएको चित्रको मूल्य रु दुई हजार पाँच सयदेखि दुई लाख ५० हजारसम्म राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु