Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

ख्रीष्टियन मिडिया सम्मेलन सम्पन्न

Zenith Migration Education

ललितपुर : ख्रीष्टियन जर्नलिस्ट फेलोसिपद्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन आज बुधबार सम्पन्न भएको छ ।

काठमाण्डौँ उपत्यका लगायत मोफसलबाट समेत ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागिता रहेको उक्त सम्मेलन ख्रीष्टियन मिडियाकर्मीहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ख्रीष्टियन जर्नालिस्ट फेलोसिपका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो।

सो सम्मेलनमा ख्रीष्टियन मिडियाको संघर्ष, भोग्नुपरेका समस्या, समाधान, ख्रीष्टियन मिडियाकर्मीले मण्डलीसंग मिलेर गर्नुपर्ने सहकार्यको विषयमा जोड दिइएको थियो।
सो अवसरमा विभिन्न वक्ताहरूले ख्रीष्टियन समुदायमा ख्रीष्टियन मिडियाकर्मीको आवश्यकता, भूमिका र जिम्मेवारीको विषयमा प्रकाश पार्नुभएको थियो।

सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महाससचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान दिनुपर्ने विषयमा बोल्नुभएको थियो भने नेपाल ख्रीष्टियन समाजका उपमहासचिव राजेन्द्र मल्लले ख्रीष्टियन पत्रकारहरु ज्योति बनेर सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो।
त्यस्तै, दोस्रो दिन विभिन्न पास्टरहरूले मिडियाकर्मीको औचित्य, समुदायको विकास, वृद्धि, विकास र समृद्धिको विषयमा मिडियाकर्मीले खेल्नुपर्ने भूमिकाको बारेमा मन्तव्य दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु