Thursday, November 5, 2026
Zenith Migration Education
Thursday, November 5, 2026

विचाराधीन विधेयकलाई तीव्र गतिमा अघि बढाउन सभामुख अर्यालको निर्देशन

Zenith Migration Education

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे । साथै, विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे ।

‘विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ । सम्बन्धित दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरी औचित्यपूर्ण संशोधन प्रस्ताव राख्नुहोस्,’ सभामुख अर्यालले भने ।

उनले विधेयकहरूमाथि गहन र घनीभूत छलफल गरी समितिको कामकारबाहीलाई प्रभावकारी तथा परिणाममुखी बनाउन पनि समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु