Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा आयोजित एनसीबी सम्मेलनमा सहभागी

Zenith Migration Education

काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन फ्रान्स गएका छन्।

इन्टरपोलको महासचिवालयको आयोजनामा फ्रान्सस्थित लियोन सहरमा आयोजित कन्फरेन्समा सहभागी हुन महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखका रुपमा सम्मेलनमा सहभागी भएका हुन् ।

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुनेछ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरू अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् ।

सो क्रममा महानिरीक्षक कुँवरले चीन, जापान, मलेसिया र भारतका प्रतिनिधिहरूसँगसमेत द्विपक्षीय बैठक गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह समेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु