Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा सम्पन्न (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौँ : बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ।
काठमाडौँ, नारायणथानस्थित निगाह ख्रीष्टिय चर्चमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रम पास्टर रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो साधारण सभाबाट पास्टर डा. गणेशप्रसाद देवकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

सो अवसरमा बुढानिलकण्ठ नगर इसाई समिति सुरुवात गर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रेभ. डा. तेजबहादुर रोक्का, पास्टर देव श्रेष्ठ, पास्टर रूद्र राई, पास्टर साइमन गुरुङलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने नगर इसाई समितिका सदस्य चर्चहरूलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु