सिड्नी — सिर्जनात्मक सोच, आधुनिक प्रविधि र डेढ दशकभन्दा लामो अनुभवका साथ नेपाली युवा फोटोग्राफर रिक्की कर्माचार्य अहिले अष्ट्रेलियाको सिड्नीमा आफ्नो “Coreprew Photography” मार्फत चर्चामा छन्। विवाह, ब्रतबन्ध, बर्थडे, क्रुज पार्टी, सेमिनार तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा उनले खिच्ने फोटो र भिडियोले नेपाली समुदायमात्र होइन, अन्य समुदायको समेत ध्यान आकर्षित गरिरहेको छ।

भक्तपुरका रिक्कीले जापानमा अध्ययन गरेपछि नेपालमै व्यावसायिक रूपमा फोटोग्राफी तथा भिडियोग्राफी सुरु गरेका थिए। नेपालमा सफल व्यवसाय सञ्चालन गरिरहेका उनले परिवारसँगै नयाँ भविष्य निर्माण गर्ने उद्देश्यले केही वर्षअघि सिड्नीलाई कर्मथलो बनाएका हुन्। अहिले आफ्नी पत्नी र सानी छोरीसहित सिड्नीमा बसोबास गर्दै उनले “Coreprew Photography” लाई स्थापित ब्रान्डका रूपमा अघि बढाइरहेका छन्। उनकी पत्नी पेशाले नर्स हुन्।

रिक्कीको फोटोग्राफी शैलीको विशेषता भनेको केवल दृश्य कैद गर्नु मात्र होइन, भावनालाई जीवन्त बनाउनु हो। आधुनिक क्यामेरा, सिनेमाटिक भिडियो शैली, ड्रोन प्रविधि र अनुभवी टिमवर्कका कारण उनका कामहरू सामाजिक सञ्जालमा समेत व्यापक रूपमा रुचाइने गरेका छन्।
उनी भन्छन्,
“फोटोग्राफी मेरो लागि केवल व्यवसाय होइन, मानिसहरूको जीवनका अमूल्य क्षणलाई सदाका लागि सुरक्षित राख्ने कला र सेवा पनि हो।”

“Coreprew Photography” अहिले सिड्नीस्थित नेपाली समुदायबीच विवाह तथा पारिवारिक समारोहका लागि विश्वसनीय नाम बन्दै गएको छ। गुणस्तरीय सेवा, आत्मीय व्यवहार र सिर्जनात्मक प्रस्तुतीकरणकै कारण छोटो समयमै यसले लोकप्रियता हासिल गरेको हो।
बुकिङ तथा सम्पर्क:
📞 0493843768
Coreprew Photography – Sydney



