Thursday, May 14, 2026
Zenith Migration Education
Thursday, May 14, 2026

हर्कको प्रश्न- के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

Zenith Migration Education

प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन् ।

मङ्गलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो जिकिर गरेका हुन् ।

अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहको विगतमा जस्तै आलोचना गर्दै संसद्लाई सम्बोधन गर्न पर्छ कि पर्दैन ? भनी प्रश्न गरे । उनले प्रधानमन्त्री साह जनताको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र असक्षम बन्ने भएको हो रु भनी जिज्ञासा समेत राखे । अध्यक्ष राईले प्रधानमन्त्री साहले जनताको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने भन्दै सरकारलाई सफल भन्न नमिल्ने तर्क समेत गरे ।

अध्यक्ष राईले जनता सरकारसँग डराउनुपर्ने अवस्थालाई लोकतन्त्र भन्न नमिल्ने भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु