Tuesday, August 25, 2026
Zenith Migration Education
Tuesday, August 25, 2026

युक्रेनले रुससँग हार्‍याे भने तेस्रो विश्वयुद्ध हुन्छ: युक्रेनी प्रधानमन्त्री

Zenith Migration Education

काठमाडौं। युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन्।

डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन्। युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ।

उनले भने, ‘यदि हामी बचेनौं भने, युक्रेनले हार्नेछ।’ यसले गर्दा अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ध्वस्त हुनेछ। विश्वलाई सुरक्षाको लागि नयाँ प्रणाली चाहिन्छ। त्यसो भए नयाँ तनाव उत्पन्न हुन सक्छ। यस्ता धेरै युद्धहरू देख्न सकिन्छ। यो विषय तेस्रो विश्वयुद्धतिर जान सक्छ।’

तर, युक्रेनले पराजयको अवस्थामा यस्तो चेतावनी दिएको यो पहिलो पटक भने होइन। गत वर्ष युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु गर्न रुसले पोल्याण्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए। तर त्यस्ता दाबीलाई रुसले अस्वीकार गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी युरोपमा आक्रमण गर्ने रुसको दाबीलाई ‘पूर्ण बकवास’ भनेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु