Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

ललितपुरमा छुरा प्रहार गरी दाजुभाइको हत्या

Zenith Migration Education

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ । पाँचथर घर भई हाल इमाडोल बस्ने ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।

प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले हतियार प्रहार गरेका हुन् । हत्या गरी भाग्दै गरेको अवस्थामा प्रहरीले सञ्जीवसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।

बुधबार साँझ नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो । उनीहरू एक–आपसमा अपरिचित हुन् । नचिनेको नम्बरबाट फोन आएपछि सुरुमा केहीबेर सामान्य कुराकानी भए पनि पछि सोही विषयलाई लिएर भनाभन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

फोनमै विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए । इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु