Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका छन् ।

झापा–५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौँ आएका हुन् । उनले सिनामंगल मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सुरु भएको हो। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका थिए ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु