Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

दुई सत्रअघि चिनियाँ सेनामा ठुलो झड्का, तीन पूर्व जर्नेल बर्खास्त

Zenith Migration Education

बेइजिङमा वार्षिक दुई सत्र सुरु हुनै लाग्दा चीनले तीन जना अवकाशप्राप्त उच्च सैनिक जर्नेललाई शीर्ष राजनीतिक परामर्श निकायबाट हटाएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार जनमुक्ति सेनाका पूर्व स्थलसेना कमान्डर हान वेइगुओसहित गाओ जिन र लिउ लेइलाई चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनबाट पदमुक्त गरिएको हो।

पदमुक्तिको कारणबारे औपचारिक रूपमा केही खुलाइएको छैन। तर पछिल्ला हप्ताहरूमा सेनाभित्र उच्च तहका अधिकारीमाथि कारबाही तीव्र बन्दै गएको सन्दर्भमा यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राष्ट्रपति सी जीनफिङले सत्तामा आएपछि सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत सैन्य संरचनामा व्यापक सफाइ अभियान चलिरहेको छ।

परामर्श सम्मेलन र राष्ट्रिय जनकांग्रेसका करिब तीन हजार प्रतिनिधि सहभागी हुने वार्षिक बैठक केही दिनमै सुरु हुँदैछ। सामान्यतः पाँच वर्षे कार्यकाल पूरा नहुँदै प्रतिनिधि हटाइनु असामान्य मानिन्छ।

हालै मात्र उन्नाइस जना अधिकारी, जसमध्ये नौ जना सैन्य क्षेत्रका थिए, पदबाट हटाइएका थिए। यसअघि पनि उच्च सैन्य नेतृत्वविरुद्ध अनुशासन उल्लङ्घन र कानुनविपरीत गतिविधिको आरोपमा अनुसन्धान अघि बढाइएको घोषणा गरिएको थियो।

लगातार भइरहेका यी कारबाहीहरूले चीनको सैन्य नेतृत्वभित्र गहिरिँदो उथलपुथल संकेत गरेका छन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु