Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

रामेछाप दुर्घटनाका घाइते भेट्न छाउनी अस्पताल पुगे गृहमन्त्री अर्याल

Zenith Migration Education

गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेलाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् ।

फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेहरुको उद्धार गरेर अहिले छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षार्की सवार सवारी साधन दुर्घटनामा परेको हो ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने बताए । गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरु पनि अस्पताल पुगेका थिए ।

छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पुजा सुनुवारको सघन उपचार कक्षा (आइसीयू) मा उपचार भइरहेको छ । बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन् । घाइतेमध्ये चार महिला र तीन पुरुष छन् ।

मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना. ७ ख ६७६८ नं. को निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी मतदान अधिकृत डोर प्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक ९असई० पर्शुराम यादवको निधन भएको प्रहरीले जनाएको छ । उक्त गाडीमा ११ जना सवार रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु