Thursday, September 10, 2026
Zenith Migration Education
Thursday, September 10, 2026

वडा नं. १६ मा ज्वाला कुमारी साहको पक्षमा उल्लेख्य जनसमर्थन

Zenith Migration Education

बारा — बारा क्षेत्र नं. ३ मा नेपाल कम्युनिस्ट पार्टी एमालेकी उमेदवार ज्वाला कुमारी साहको घरदैलो अभियानअन्तर्गत जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. १६ मा उल्लेख्य जनसमर्थन देखिएको छ।

घरदैलो तथा जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गरेकी साहलाई स्थानीयले फूलमाला तथा खादा लगाइ स्वागत गरेका थिए। सहभागीहरूले विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको पनि उपस्थिति थियो। चुनाव नजिकिँदै जाँदा वडा नं. १६ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको देखिएको छ।

साहले आफू निर्वाचित भए जनताको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु