Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

अमेरिकासँग अर्को वार्ता छिट्टै हुने : इरान

Zenith Migration Education

पेरिस । इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार वार्ताका लागि तेहरानको अडान दोहोर्‍याएका छन् । उनले अमेरिकासँग वार्ताको ढोका खुल्ला राखेको र चाँडै सुरु हुने आशा व्यक्त गरेका छन् ।

इरानले अन्य कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी पनि दिएका छन् ।

अल जजिरा नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा उनको आधिकारिक टेलिग्राम च्यानलमा प्रकाशित अंशका अनुसार अराघचीले शुक्रबारको ओमानमा भएको वार्तामा इरानको क्षेप्यास्त्र कार्यक्रमबारे कुनै अवस्थामा पनि सम्झौता गर्न नसकिने बताएका छन् ।

उनले अमेरिकाले इरानी भूमिमा आक्रमण गरेमा तेहरानले उक्त क्षेत्रमा रहेका अमेरिकी आधार शिविरलाई निशाना बनाउने चेतावनी दिएका छन् । अराघचीले मस्कटमा अप्रत्यक्ष वार्ता भए पनि ‘अमेरिकी प्रतिनिधिमण्डलसँग पनि भेट भएको बताएका छन् ।

वार्ता ‘राम्रो सुरुवात’ भएको तर विश्वास निर्माण गर्न समय लाग्ने उनले बताए । उनले ‘छिट्टै’ पुनः वार्ता सुरु हुने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार वार्तालाई ‘धेरै सकारात्मक’ वातावरणको संज्ञा दिएका थिए । उनले अर्को हप्ता फेरि अर्को चरणको वार्ता हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु