Sunday, April 19, 2026
Zenith Migration Education
Sunday, April 19, 2026

उपमहासचिव योगेश भट्टराई सिमरा आगमनपछि भेटघाट तीव्र

Zenith Migration Education

बारा—नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई सिमरा आगमनपछि स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट तथा पार्टी को कार्यक्रम मा सक्रिय भएका छन्। एमालेका प्रभावशाली नेताका रूपमा चिनिने भट्टराई शुक्रबार बारा जिल्लाको सिमरा पुगेका हुन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेश केन्द्रित कार्यक्रमसहित उनको आगमन भएको बताइएको छ शुक्रवार र सनिवार भट्टराई ले पार्टी को विभिन्न कार्यक्रम मा सहभागीता जनायका थिए , भट्टराईको मधेस प्रवेशले पार्टीका नेता तथा कार्यकर्तामा उत्साह थपिएको स्थानीय नेताहरूले बताएका छन्। सिमरा पुगेको पहिलो दिनदेखि नै उनले भेटघाट र छलफललाई तीव्र पारेका छन्।

उपमहासचिव भट्टराईलाई स्वागत गर्न बाराका प्रभावशाली नेता किसान श्रेष्ठ, प्रदेश कमिटी सचीव मनोज पौडेल ,प्रदेश कमिटी सदस्य सुन्दर बि.क. ,प्रदेश कमिटी सदस्य चयन गुरुङ जिल्ला कमिटी सदस्य सीमा ठकुरी, जितपुरसिमरा नगर अध्यक्ष त्रीलोक बिक्रम शाह ,जितपुरसिमरा -१६ का वडा अध्यक्ष हरिदेव खरेल लगायत नेता कार्यकर्ता को उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा भट्टराईले पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी निर्वाचनको तयारीका विषयमा नेताहरूसँग छलफल गरेका थिए। उनले मधेसको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै संगठनलाई थप मजबुत बनाउदै आगामी फाल्गुन २१ को निर्वाचन मा नेकपा एमाले को बिजय सुनिस्चित गर्न एकताबद्द भयर लाग्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु