Saturday, June 6, 2026
Zenith Migration Education
Saturday, June 6, 2026

अस्ट्रेलियामा बुशफायरका कारण आपतकालीन चेतावनी जारी

Zenith Migration Education

सिड्नी । पश्चिमी अस्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफायर (भिषण जङ्गली आगो) ले निम्त्याएको खतराका कारण तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश दिइएको जनाइएको छ ।

डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (डी एफ यी एस) ले जारी गरेको आपतकालीन चेतावनीमा मध्य पर्थको २० किलोमिटर उत्तरमा गनङ्गाराका बासिन्दाहरूलाई तुरुन्तै प्रभावित स्थान छोडी सुरक्षित स्थान तर्फ जान निर्देशन दिएको छ ।

चेतावनीमा पाइन बगानमा सुरु भएको आगो नियन्त्रण बाहिर गएको उल्लेख गर्दै उक्त स्थानमा प्राणी जीवन र घरहरू खतरामा रहेको जनाइएको छ ।

यस अघि जारी गरिएको चेतावनीमा गनङ्गाराको १५ किलोमिटर उत्तरपूर्वमा बुल्सब्रुक नजिकै आगो लागेकोले जीवन र घरहरू खतरामा परेको उल्लेख गर्दै बासिन्दाहरू सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो ।

आगलागी प्रभावित क्षेत्रका मानिसहरू बाहिर निस्कन नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरूलाई बगिरहेको पानी भएको स्थानमा आश्रय लिन सल्लाह दिइएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले गनङ्गारा पाइन बगानबाट कालो धुवाँको बाक्लो मुस्लो उडेको देखिएको देख्न सकिने रिपोर्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु