सिड्नी । अस्ट्रेलियामा आज धुमधामका साथ अस्ट्रेलियन ‘डे’ मनाइदैछ । अस्ट्रेलियन डेको अवसरमा प्रधानमन्त्री एन्थोनी अल्बनीजिले एक शुभकामना सन्देश दिएका छन् ।
त्यस्तै, सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्सका प्रिमियरदेखि प्रतिपक्षी दलका नेताहरुले शुभकामना दिएका छन् । यस अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
विभिन्न राज्यमा मनाइने अस्ट्रेलियन डेको कार्यक्रमलाई लक्षित गरी सरकारले सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको छ । खाशगरी एक महिनाअघि सिड्नीको बोन्डाई बीचमा आतङ्कबादी आक्रमण भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
अस्ट्रेलियन डेको अवसरमा सिड्नी, मेलर्बन लगायतका ठुला शहरहरुमा भने यहाँका मुल आदीवासीहरुले आफ्नो भूमि, हकअधिकार र परम्परा अपहरण भएको भन्दै ‘इनभेजन डे’ को रुपमा मनाउदै विरोधका कार्यक्रम आयोजना गरेका छन् ।



