सियोल । दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे–चानको आइतबार भियतनाममा उपचारका क्रममा निधन भएको छ ।
योनहापका अनुसार ली जनवरी २३ मा शान्तिपूर्ण एकता सल्लाहकार परिषद्को एशिया–प्रशान्त क्षेत्रीय समितिको बैठकमा भाग लिइरहेका बेला भियतनाममा बेहोस भएपछि उनलाई हो ची मिन्ह सिटीको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई जटिल ‘मायोकार्डियल इन्फ्रक्सन’ भएको र उपचार सुरू गरिएको थियो । स्थानीय समयअनुसार आइतबार दिउँसो २ः४८ बजे उनको मृत्यु भएको थियो ।
दक्षिण कोरियाको प्रजातान्त्रिक आन्दोलनमा सात पटक सांसद बनेका ली सन् २००४ देखि २००६ सम्म पूर्व राष्ट्रपति रोह मु–ह्युनको नेतृत्वमा प्रधानमन्त्री बनेका थिए ।



