Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

Zenith Migration Education

अमेरिका । अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौं उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

मौसमविद् एलिसन सान्तोरेलीले चेतावनी दिए, “हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ ।”

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपतकाल घोषणा गरे । सङ्घीय आपतकालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ । होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ‘सुरक्षित स्थानमा बस्न’ सल्लाह दिए ।

लुइसियाना र टेक्ससमा विद्युत आपूर्ति बाधित
बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा एक लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ। टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू भत्काउँदा करिब एक तिहाई विद्युत ग्राहक प्रभावित भए । लुइसियानाको डेसोटो पेरिशमा पनि रुख र चरिको झर्ने कारण आधाभन्दा बढी घरधुरीमा बिजुली पुगेको छैन ।

उडानहरू रद्द
शनिबार र आइतबार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन् । प्रमुख हवाईअड्डाहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाईअड्डामा ७०० भन्दा बढी उडान रद्द भएका छन् ।

उत्तरी र मिडवेस्टमा अत्यधिक चिसो
मिडवेस्टमा हावाको चिसो -४० डिग्री फरेनहाइट (-४०° सेल्सियस) सम्म पुगेको छ। मिनियापोलिसमा प्रदर्शनकारीहरू -६ डिग्री फरेनहाइट (-२१° सेल्सियस) तापक्रममा निस्किएका थिए।

विद्यालय र सार्वजनिक कार्यक्रम रद्द
न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन् । ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन सम्पन्न गरेको छ । मौसमविद् जोश वीसले भने, “यस आँधीको विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु