Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

सुनको मूल्य तीन लाख चार हजार नजिक

Zenith Migration Education

काठमाडौँ । सुनको मूल्य आइतबार तोलामा तीन लाख चार हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुन तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु