Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

निर्वाचनको मैदानमा पत्रकार

Zenith Migration Education

काठमाडौँ । आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । यसअघि जस्तै विभिन्न पार्टीका तर्फबाट आमसञ्चारकर्मीले उम्मेदवारी दिएसँगै मुलुकको राजनीतिमा सञ्चारकर्मीको प्रत्यक्ष सहभागी हुनेक्रमले निरन्तरता पाएको छ ।

प्राप्त जानकारीअनुसार पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता पार्टीबाट रौतहट–४ मा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट भक्तपुर–२ मा पत्रकार कविर राणा र रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्ला–१ बाट मनऋषि धिताल र सोही दलबाट भक्तपुर–२ मा जन्मदेव जैसी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हुम्लामा डा.दीपेन्द्र रोकाय र सोही पार्टीको काठमाडौँ क्षेत्र १० बाट रूपा महर्जन, दोलखा निर्वाचन क्षेत्र नं १ बाट अजयबाबु सिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ–६ मा उद्धवराज भेटवाल र झापा–२ मा राप्रपाका तर्फबाट स्वागत नेपालले उम्मेदवारी दिएका छन् ।

पत्रकारिता पृष्टभूमिबाट राजनीतिमा होमिएका नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा, क्षेत्री प्युठान, नेपाली कांग्रेसका नेता नैनसिंह महर डडेल्धुरा र उज्जवल बरालले सिन्धुली जिल्लामा उम्मेदवारी दिएका छन् । यसैगरी, पत्रकारिता पृष्ठभूमिका रास्वपाका सभापति रवि लामिछाने, सोही पार्टीका दीपक बोहरा, सोविता गौतम र निशा डाँगी पनि उम्मेदवार बनेका छन् । लामिछाने, गौतम र डाँगी यसअघिको निर्वाचनमा प्रतिनिधिसभामा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु