Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

समस्या समाधानका लागि सहयोग गर्न लामिछानेको आग्रह

Zenith Migration Education

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

रास्वपाद्वारा सोमबार जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उनले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताएका हुन् ।

सभापति लामिछानेले आफ्नो पार्टी परिर्वतनको वाहक भएको जिकिर गर्दै त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गरे । “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ”, उनले भने ।

सभापति लामिछानेले आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा राखे । देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन साह एकठाउँमा आएको उनको भनाइ थियो ।

सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल गरे । कार्यक्रममा पूर्वस्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, मधेश प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु