Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

नक्कली नोट छाप्ने मेशिनसहित दुई जना पक्राउ

Zenith Migration Education

गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घर भएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरू विरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौँमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु