Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

१८ औँ एल.डी.काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा आज मकवानपुर एफसी नेपाल र रेड पाण्डाबीच प्रतिस्पर्धा 

Zenith Migration Education

मकवानपुर ।  सिक्किमको सोरेङ जिल्लाको चाकुङमा जारी १८औं एल. डी. काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगिता २०२५ अन्तर्गत आजको रोमाञ्चक खेलमा मकवानपुर एफसी, नेपाल र रेड पाण्डा, नामचीबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ११ बजे देखि सुरु हुनेछ।

प्रतियोगिताको तालिका अनुसार यो खेल पोले ए अन्तर्गतको महत्त्वपूर्ण भिडन्त हो, जसको विजेता ४ नोभेम्बर २०२५ मा हुने क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

मकवानपुर एफसीका प्रशिक्षक भीम लामाले टोली जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताएका छन्। 

उनले भने, ‘हामीले टिमलाई उत्कृष्ट तयारी गराएका छौं। रेड पाण्डा बलियो टोली भए पनि जित्ने आत्मविश्वासका साथ खेल्नेछौं।’

यस खेलले प्रतियोगिताको आगामी चरणमा प्रवेश गर्ने पहिलो टोलीको निर्णय गर्नेछ । रेड पाण्डा नामचीले पनि बलियो प्रदर्शन गर्दै मकवानपुरलाई चुनौती दिने तयारी गरेको जनाएको छ।

यो प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। मुख्य ट्रफीको फाइनल खेल ९ नोभेम्बर २०२५ मा खेलिने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु