Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ

Zenith Migration Education

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।

माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।

उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’

यस्तै, उनले माओवादी अब जेनजीको मुद्धासँग मिलेर, आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न अगाडि बढ्ने पनि बताए ।

उनले भने, ‘अब हामीले जे संकल्प गरेका थियौं कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनगठन गरेर हामी त्यो लक्ष्यमा जान्छौ । जेनजीको मुद्धासँग मिलेर, त्यो आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न हामी अगाडि बढ्छौ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्छौ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु