काठमाडौँ । देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। जेन जेड आन्दोलनका कारण भदौ २३ गतेदेखि अवरुद्ध भएको सेवा आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज सूचना प्रकाशित गरेर सेवा सुरु भएको जानकारी दिएको हो ।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, स्थानीय तह र विभागले तोकेको अन्य स्थानहरूमा सेवा सुरु भइसकेको र अन्य कार्यालयहरूमा क्रमशः सेवा सुचारु हुँदै जाने छ ।




