Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

Zenith Migration Education

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमति पत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।

यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

‘सवारी चालक अनुमति पत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमति पत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु