Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड

Zenith Migration Education

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा दुई लाख १५ हजार ८०० रुपैयाँ पुगेको जनाएको छ ।

सोही सुन प्रति १० ग्रामकै एक लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार तोलामा दुई हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा दुई हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु