काठमाडौँ । मङ्गलबार भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
उनका अनुसार बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण आएको छैन । केही अहिलेसम्म सम्पर्कविहीन छन्, पत्ता नलागी भन्न मिल्ने अवस्था नरहेको डीआईजीको भनाइ छ ।



