Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

अनाधिकृत हातहतियार र गोलीगठ्ठा सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

Zenith Migration Education

काठमाडौँ । जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने र जनधनको क्षति हुने सम्भावना औँल्याउँदै तुरुन्त बुझाउन अनुरोध गरेको हो ।

सेनाले हतियार वा गोलीगठ्ठा फेला परेका व्यक्तिले सुरक्षाकर्मीलाई जानकारी दिनुका साथै सम्बन्धितलाई बुझाउन प्रेरित गर्न आग्रह गरेको छ। साथै, सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न पनि चेतावनी दिएको छ ।

विज्ञप्तिमा हतियार वा गोलीगठ्ठा नबुझाई कसैसँग फेला परे प्रचलित कानुनअनुसार कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु