Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

बाँकेको बाल सुधारगृहमा झडप : पाँच जनाको मृत्यु, दुई घाइते

Zenith Migration Education

काठमाडौं । बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको बताइएको छ ।

गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।

घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

घाइते दुई जनाको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु