Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

प्रहरी घेरा तोड्दै सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

Zenith Migration Education

काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेनजी प्रदर्शनकारीहरुले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारभित्रै प्रवेश गरेका छन्  । सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

पुतली सडकमा भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले घेरा बनाए पनि प्रदर्शनकारीहरूले त्यो तोडेर सिंहदरवारतर्फ प्रस्थान गरेका हुन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै भ्रष्टाचारको अन्त्य, जवाफदेहिता र नेताहरूको राजीनामाको माग गरेका छन् ।

यसैबीच, काठमाडौंका विभिन्न भागमा तोडफोड र आगजनीको घटनाहरू भइरहेका छन्। नेताहरूको घर र कार्यालयलाई समेत लक्षित आक्रमण भइरहेका कारण राजधानीको वातावरण थप तनावग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु