सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलियामा क्रियाशील तीन जना सञ्चारकर्मीलाई अवार्डबाट सम्मान गरेको छ ।
अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोशियसन (ANJA) कार्यसमितिका सहासचिव गणेश भट्टलाई अष्ट्रेलिया ‘वर्ष मिडिया अवार्ड’बाट सम्मानित गरिएको हो । भट्ट लुक्ला टिभी अष्ट्रेलियामा कार्यरत छन् ।
यसैगरी, एन्जा कोषाध्यक्षका केबीसी खबरका निर्देशक खगेन्द्र सत्यालले ‘प्रेसिडेन्टिएल’ अवार्ड प्राप्त गरेका छन् भने एन्जा सदस्य लक्ष्मण सञ्जेलले ‘भाषा र साहित्य पुरस्कार’ प्राप्त गरेका छन् ।
अवार्डबाट सम्मानित हुने तीन जनालाई ANJA ले बधाइ दिएको छ ।





