Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

मेलबर्नमा पहिलो पटक मनाइयो इन्द्रजात्रा

Zenith Migration Education

मेलबर्न (अष्ट्रेलिया) । अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइएको छ । नेवा गुठी मेलबर्नद्वारा आयोजनामा शनिबार नेप्जिल मल्टिकल्चरल सेन्टरमा इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रजात्रामा नेपालीलगायत अन्य विदेशी सर्वसाधारणहरु उपस्थित रहेको छ ।

उक्त कार्यक्रममा कुमारी भैरव र गणेशको रथ पनि तानिएको थियो भने लाखे नाच पनि प्रदर्शन गरेको थियो । नेपाली भेषभुषामा सजिएर नेवार समुदायका दिदीबहिनी तथा दाजुभाईहरु उल्लेख्य मात्रामा सहभागी भएको थियो ।

अष्ट्रेलियामा भएका नयाँ पुस्ताले आफ्नो संस्कृति पनि सिक्छन् र नेपालको पर्यटनमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु