Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

नेपाल ‘ए’ ले आसाम क्रिकेटविरुद्धको टी–२० सिरिज ३–२ ले जित्यो

Zenith Migration Education

काठमाडौँ । नेपाल ‘ए’ ले आसाम क्रिकेटसँगको पाँच दिवसीय टी–ट्वान्टी सिरिज जितेको छ । सोमबार नेपाल ‘ए’ले असामलाई ४४ रनले पराजित गरेसँगै श्रृङ्खला ३–२ले जितेको हो ।

खेलिएको ४ सिरिजमा २–२ को बराबरी खेलेका दुवै टिम सिरिज आफ्नो पक्षमा पार्न दवावमा थिए । नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ‍३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु