Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

विश्व शान्तिदेखि हिमालको सुरक्षासम्मका विषय प्राथमिकतामा

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन,विकास सम्वृद्धि र सहकार्य, विश्व शान्ति तथा हिमालदेखि समुदायसम्मको सुरक्षा लगागतका विषयमा जोड दिएका छन् ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु