सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको मुख्य शहरहरुमा आइतबार भइरहेको ‘March for Australia’ प्रदर्शनका क्रममा झडप भएको छ । प्रदर्शनका क्रममा मेलबर्नको CBD मा आप्रवासन विरोधी प्रदर्शनकारी र प्यालेस्टाइन समर्थकबीच झडप भएको हो ।
दुई समूहबीच झडप भएपछि अहिले त्यस क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अष्ट्रेलियाका अन्य शहरहरुमा भने शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले आप्रवासन कटौतीको नारा लगाइरहेका छन् । March for Australia मार्चमा अष्ट्रेलियाली पार्टीका प्रमुख समेत रहनेका सङ्घीय सांसद बब क्याटर र पार्टीका नेता एवम् उनका छोरा रोबी क्याटरले सम्बोधन गरेका छन् ।



