Friday, September 25, 2026
Zenith Migration Education
Friday, September 25, 2026

इतिहासमै पहिलो पटक सङ्खुवासभामा महिला प्रमुख जिल्ला अधिकारी

Zenith Migration Education

काठमाडौँ । सङ्खुवासभा जिल्लाको इतिहासमै पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नियुक्त भएकी छन् । सहसचिव सिर्जना थपलियाले सोमबार पदभार ग्रहण गर्दै ४८औँ प्रजिअका रूपमा जिल्लाको जिम्मेवारी सम्हालेकी हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत थपलियाले पदभार ग्रहण गर्दै आफूले निजामती सेवामा आर्जन गरेको अनुभवलाई जिल्लाको विकास, सुशासन र सार्वजनिक सेवामा लागू गर्ने प्रतिबद्धता जनाइन् ।

पदभार ग्रहणपछि उनले भनिन्, “निर्दिष्ट ऐन, कानुनको परिधिभित्र रही जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाज लगायतसँग सहकार्य गर्दै तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।”

थपलियाको आगमनसँगै सङ्खुवासभामा महिला नेतृत्वको नयाँ आयाम खुलेको भन्दै स्थानीयहरूले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु