Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

अब एक्स प्रयोगकर्ताहरूले निःशुल्क ‘ब्लु टिक’ पाउन सक्ने एलन मस्कको घोषणा

Zenith Migration Education

काठमाडौं । एलन मस्कले एक्स प्लेटफर्मको बारेमा महत्वपूर्ण घोषणा गरेका छन्। अब धेरै एक्स प्रयोगकर्ताहरूले नि:शुल्क ब्लू टिक प्राप्त गर्ने मौका पाउनेछन्।

एलन मस्कका अनुसार २५०० भेटिफाइड सब्सक्राइबर फलोअर भएका युजरहरूले निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाउनेछन् । यस्तै ५००० भेटिफाइड सब्सक्राइबर फलोअर भएका युजरहरूले निःशुल्क प्रिमियम प्लस सेवा पाउनेछन् ।

एक्स प्रिमियम र एक्स प्रिमियम प्लस दुई सशुल्क योजनाहरू हुन्। एक्स प्रिमियमको मूल्य मासिक ८ डलर (१ हजार रूपैयाँ) र वार्षिक योजना ८४ डलर (११ हजार रूपैयाँ) छ । जबकि, एक्स प्रिमियम प्लसको मूल्य मासिक १६ डलर र एक वर्षको योजनाको लागि १६८ डलर छ। अब मस्कले घोषणा गरेका शर्त पूरा गरेमा यी योजना निःशुल्क प्रयोग गर्न सकिनेछ ।

एक्स प्रिमियममा ५० प्रतिशत कम विज्ञापनहरू देखिनेछन् । पोस्ट सम्पादन गर्न, लामो पोस्ट गर्न, अनडू पोस्ट र भिडियोहरूको ठूला पोस्टहरू बनाउन सकिन्छ। यसमा ब्लू टिक पनि उपलब्ध हुनेछ। यसमा धेरै अनुकूलन सुविधाहरू उपलब्ध छन्।

एलन मस्कले गत वर्ष ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका थिए। पहिले ब्लू टिक नि:शुल्क उपलब्ध थियो, पछि एलन मस्कले यसलाई सदस्यता योजनाको एक हिस्सा बनाए। यसमा धेरै नयाँ सुविधाहरू र कमाई सुविधाहरू पनि थपिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु