Sunday, July 19, 2026
Zenith Migration Education
Sunday, July 19, 2026

‘चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको हो’

Zenith Migration Education

काठमाडौँ । ऊर्जा मन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे ।

उनले भने, ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएका दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’

चितवनमा हिजो दैनिक ३–३ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु