Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

Zenith Migration Education

सिरहा । यहाँको लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार शनिबार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु